असार ०६, २०८२ , Lahan
1047 Views
फिरोज शेख लहान २०८२ असार ६ -
सिरहाको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि बढाउदै नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगर सभाको १६औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख रुपैयाँ अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ ८८ करोड ५५ लाख २८ हजार रुपैयाँ अर्थात कूल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका छन्। यसअन्तर्गत शिक्षातर्फ २३ करोड ५८ लाख , स्वास्थ्यतर्फ २७ करोड ९३ लाख , कृषितर्फ आठ करोड ६६ लाख र पूर्वाधारतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । नगरपालिकाको आन्तरिक आय २५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
नगरप्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा शिक्षा तथा स्वास्थ्य, कृषि तथा सिँचाइ, पर्यटन तथा रोजगार ,पूर्वाधार एवं सहरी विकास र लागुपदार्थ दुर्व्यसन विरुद्धको क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको उल्लेख गर्नु भयो। मधेश प्रदेशका अर्थ मन्त्रि सुनिल कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि पदम नारायण चौधरी,नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव,मधेश प्रदेश सभा सदस्य राजेन्द्र चौधरी ,ललिता बिद्रोही ,जिल्ला समन्वय समितिका सभापति दिनेश महतो,नेपाली कांग्रेसका लहान नगर सभापति संजय यादव ,लहान २० का वडा अध्यक्ष गणेश प्रसाद चौधरी,वाटर एडका कविन्द्र पुडासेनी,जिल्ला उधोग वाणिज्य संघका अध्यक्ष विकास सारडा,नेपाल पत्रकार महासंघका जिल्ला सभापति मनोज बनैता लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।









सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...