मंसिर ०९, २०८३ , Lahan
159 Views
फिरोज शेख लहान मंसिर ८ -
कोडा इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन् गइरहेको ‘मिस्टर एण्ड मिस सिरहा आइकन–भोल्युम २’ को अडिसन यहि मंसिर १२ गते हुन् गइरहेको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत जिल्लाभित्र रहेका प्रतिभाशाली युवा तथा युवतीलाई आफ्नो कला, क्षमता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन उमेरको कुनै हद तोकिएको छैन भने उचाइसम्बन्धी मापदण्डसमेत राखिएको छैन। विद्यार्थी तथा मोडलिङ, अभिनय र मनोरञ्जन क्षेत्रमा भविष्य बनाउन चाहने इच्छुक प्रतिभाहरूले अडिसनमा सहभागी हुन सक्नेछन्।
प्रतियोगिताका विजेताले नगद पुरस्कार, ट्रफी, स्यास, पदक, म्युजिक भिडियोमा काम गर्ने अवसर, छात्रवृत्ति, फोटोसुट तथा पोर्टफोलियो निर्माणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।त्यसैगरी सहभागी तथा विजेतालाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्यामेरासामु प्रस्तुति दिने कला, ग्रुमिङ कक्षा तथा विज्ञहरूबाट अभिनयसम्बन्धी प्रशिक्षण र कार्यशालाको अवसरसमेत उपलब्ध गराइने बताइएको छ। विजेताले चलचित्रमा अभिनय गर्ने अवसरसमेत प्राप्त गर्न सक्नेछन्।अडिसन सिरहाको लहान ८ रोड नम्बर २ मा अवस्थित 24 मार्च क्याफेमा यहि मंसिर १२ गते शनिबार बिहान १० बजे बाट सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन ९८१८०२७३९८ र ९८०८२८६०८३ नम्बरमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।
नेपालको महान चाड शुभ दिपावली ,तिहार र छठ पर्वको अवसरमा...
सिरहाको लहानमा पञ्चकर्म योग थेरापी उपचार शिविर सञ्चालन भइरहेको छ।...
सिजी मोर्टर्सले दसैं तिहार लक्षित गरि ल्याएको अफर अन्तर्गत साता...
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...