श्रावण १४, २०८२ , Lahan
366 Views
फिरोज शेख लहान २०८२ सवान १४ -
सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकका ९० वर्षीय फनिलाल यादवको अज्ञात समूह धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। यादवमाथि गएराति सुतिरहेको अवस्थामा टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको परिवारजनले बताएका छन्। बिहान नउठेपछि परिवारले बोलाउन जाँदा उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए। तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो। फनिलाल यादव लहान–२४ का पूर्ववडाध्यक्ष कमलदेव यादवका पिता हुन्। उनका जेठा छोरा कपिलदेव यादवले घटनापछि प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी नआएको गुनासो गरेका छन्।
प्रहरीको ढिलासुस्ती र लापरबाहीप्रति आक्रोशित बनेका स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर करिब एक घण्टा आवागमन बन्द गरेका थिए।स्थानीयले घटना गम्भीर भएको र हत्यारालाई चाँडै पत्ता लगाई कारवाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता वीरेन्द्रकुमार पासवानले घटनाबारे अनुसन्धान भएरहेको बताए।
सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...
लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...
सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...
लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...
लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...
प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...