शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित || शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित

  • 2082-07-29
  • कार्तिक २९, २०८२

sargamkhabar.com

Logo
ताजा समाचार
आफुमाथि लगाइएको आरोप झुठा र भ्रामक छन् : वडा अध्यक्ष सिंह || मृतक सिटी रिक्सा चालकको परिवारलाई मोबाइल संघको राहत || लायन्स क्लवहरुको संयुक्त पदस्थापना समारोह सम्पन्न || लहानमा धुमधामका साथ मनाइयो मोहम्मद–डे || लहान मोबाईल व्यवसाय संघको अध्यक्षमा गुप्ता निर्वाचित || किसानलाई तत्काल राहत उपलब्ध गराउन जसपा नेपालको ज्ञापनपत्र || शियाराम यादव एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित || धारिलो हतियार प्रहारगरि वृद्धको हत्या,स्थानीय आन्दोलित || सिरहाको लहानमा दुई दिने सावन मेला शुरु || प्रदेश सभा सदस्य बिद्रोही माथि आक्रमणको प्रयास || एमालेका नगर अध्यक्ष साह माथि कारबाही गर्न पत्रकार महासंघ सिरहाको माग || नेपाल औषधि व्यवसायी संघ सिराहा शाखाले ५२औं वार्षिकोत्सव मनायो || लहान नगरपालिकाको बजेट : एक अर्ब ६७ करोड भन्दा बढी || दर्जनौ मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालनमा || भुमि अधिकारका लागि जागरण यात्राका अभियानिहरु लहानमा || लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न || उधोग वाणिज्य संघको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न || अत्यधिक गर्मीका कारण लहान सहित तराई-मधेसको जनजीवन प्रभावित || लहान नगरपालिकाको तीनवर्षे समीक्षा || टाँस्ने र जोड्ने 'साटो' अब लहान बजारमा || जेठ १८ गते देखि सिरहाको लहानमा ‘यामाहा ब्लु फेस्ट’ हुने ||
Profile Image

फिरोज शेख

जेठ २९, २०८२ , Lahan

Image

लहानमा भेटेरिनरी औषधि पसलहरुको अनुगमन सम्पन्न

993 Views

फिरोज शेख लहान २०८२ जेठ २९ - 
लहान नगरपालिका क्षेत्र भित्र रहेका भेटेरिनरी औषधि पसलहरुको अनुगमन कार्य सम्पन्न भएको छ। लहान नगरपालिका पशु विकास शाखाको आयोजनामा, वडा नम्बर १५ का वडा अध्यक्ष तेजनारायण चौधरीको नेतृत्वमा अनुगमन टोलीले पसलहरुको निरीक्षण गरेको हो। टोलीमा शाखा अधिकृत रामकृष्ण यादवसहित सरोकारवालाहरु सहभागी थिए। अनुगमन टोलीले लहानमा संचालित किसान सेवा भेट फर्मा,किसान कल्याण एग्रोभेट ,इन्टर नेपाल एग्रोभेट सेन्टर, माँ दुर्गा भेटेरिनरी ,नेहा भेट सेन्टर ,जनसेवा एग्रोभेट ,शिवशक्ति भेटेरिनरी,न्यु किसान सेवा अग्रोभेट लगायताका भेटेरिनरी औषधि पसलहरुको अनुगमन गर्दा केहि पसलहरूबाट म्याद गुज्रेका औषधिहरु बरामद गरिएको थियो। यसका लागि व्यवसायीहरुलाई तत्काल औषधिहरु नष्ट गर्न सचेत गराइएको छ भने केहि औषधिहरु जफत गरी नष्ट गरिएको छ। त्यस्तै केही पसलहरुमा भेटेरिनरी मापदण्ड विपरितका सरसामानहरु पनि भेटिएका छन्। त्यस्तै कतिपय पसलहरुका कागजात चुस्त दुरुस्त नभेटिएकाले पहिलो पटकका लागि सचेत गराइएको छ।

अनुगमन टोलीका संयोजक तेजनारायण चौधरीका अनुसार, दोस्रो चरणमा कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ। व्यवसायीहरुलाई मापदण्ड पूरा गर्दै सेवा प्रदान गर्न अनुरोध गरिएको छ। यसै बीच केहि औषधि पसलेहरुले व्यवसायिक क्षेत्रलाई मापदण्ड अनुसार संचालन गर्न अनुगमनको नियमितता आवश्यक रहेको बताउदै उपभोक्ताहरुको स्वास्थ्य र पशुक्षेत्रको हितलाई प्राथमिकतामा राख्दै, गुणस्तरीय औषधिको प्रयोग सुनिश्चित गर्न जरुरी भएकाले नियमित अनुगमनको मांग गरेका छन्।

 

सिरहाको गोलबजार नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले आफूमाथि...

लहान नगरपालिका– १९ कटहाका मृतक सिटी रिक्सा चालकका परिवारलाई लहान...

सिराहा जिल्लाका ५ वटा लायन्स क्लब तथा १ वटा लियो...

लहानका ईस्लाम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद...

लहान मोबाइल व्यवसाय संघको नयाँ कार्यसमिति गठन भएको छ। संघको...

प्रयाप्त पानी नपरेका कारण सुक्खा र खडेरीको गम्भीर चपेटामा परेका...