जेठ २९, २०८२ , Lahan
1123 Views
फिरोज शेख लहान २०८२ जेठ २९ -
लहान नगरपालिका क्षेत्र भित्र रहेका भेटेरिनरी औषधि पसलहरुको अनुगमन कार्य सम्पन्न भएको छ। लहान नगरपालिका पशु विकास शाखाको आयोजनामा, वडा नम्बर १५ का वडा अध्यक्ष तेजनारायण चौधरीको नेतृत्वमा अनुगमन टोलीले पसलहरुको निरीक्षण गरेको हो। टोलीमा शाखा अधिकृत रामकृष्ण यादवसहित सरोकारवालाहरु सहभागी थिए। अनुगमन टोलीले लहानमा संचालित किसान सेवा भेट फर्मा,किसान कल्याण एग्रोभेट ,इन्टर नेपाल एग्रोभेट सेन्टर, माँ दुर्गा भेटेरिनरी ,नेहा भेट सेन्टर ,जनसेवा एग्रोभेट ,शिवशक्ति भेटेरिनरी,न्यु किसान सेवा अग्रोभेट लगायताका भेटेरिनरी औषधि पसलहरुको अनुगमन गर्दा केहि पसलहरूबाट म्याद गुज्रेका औषधिहरु बरामद गरिएको थियो। यसका लागि व्यवसायीहरुलाई तत्काल औषधिहरु नष्ट गर्न सचेत गराइएको छ भने केहि औषधिहरु जफत गरी नष्ट गरिएको छ। त्यस्तै केही पसलहरुमा भेटेरिनरी मापदण्ड विपरितका सरसामानहरु पनि भेटिएका छन्। त्यस्तै कतिपय पसलहरुका कागजात चुस्त दुरुस्त नभेटिएकाले पहिलो पटकका लागि सचेत गराइएको छ।
अनुगमन टोलीका संयोजक तेजनारायण चौधरीका अनुसार, दोस्रो चरणमा कडाइका साथ कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ। व्यवसायीहरुलाई मापदण्ड पूरा गर्दै सेवा प्रदान गर्न अनुरोध गरिएको छ। यसै बीच केहि औषधि पसलेहरुले व्यवसायिक क्षेत्रलाई मापदण्ड अनुसार संचालन गर्न अनुगमनको नियमितता आवश्यक रहेको बताउदै उपभोक्ताहरुको स्वास्थ्य र पशुक्षेत्रको हितलाई प्राथमिकतामा राख्दै, गुणस्तरीय औषधिको प्रयोग सुनिश्चित गर्न जरुरी भएकाले नियमित अनुगमनको मांग गरेका छन्।




सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...