असार २७, २०८२ , Lahan
988 Views
फिरोज शेख लाहान २०८२ असर २७ सिरहा, लहान –
सिरहाको लहानमा मारवाडी महिला मंच लहानको आयोजनामा दुई दिने "सावन मेला" शुक्रबारदेखि शुरु भएको छ। मेला असार २७ र २८ गते अर्थात् शुक्रबार र शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्।मेलाको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नुभयो। कार्यक्रमको अध्यक्षता शोभा मुन्दधाले गर्नुभएको थियो भने उद्घाटन सत्रमा प्रमुख अतिथि नगरप्रमुख चौधरी तथा विशिष्ट अतिथि लहान वडा नं. ७ का वडा अध्यक्ष राम औतार शर्मा सहित विभिन्न संघसंस्थाका पदाधिकारी, संचारकर्मी, समाजसेवी, महिला तथा स्थानीय व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।
मेलाको टाइटल स्पोन्सर सावित्री कंचनजंघा अगरवती रहेको छ। मेलामा फूड स्टल, विभिन्न गेम्स, सावनको किनमेल, होम डेकोरेशन आइटम, अर्ग्यानिक र इको फ्रेन्डली प्रोडक्टहरू, आकर्षक ज्वेलरी, राखी, ड्रेस, साडी, बेडकभर लगायत थुप्रै सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराइएको छ।असार २७ गते लाइभ म्युजिक कार्यक्रम र असार २८ गते डान्स प्रतियोगिता हुने बताइएको छ। अतिथिहरूले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
मारवाडी महिला मंचले सावन महिनाको अवसरमा विगत तीन वर्षदेखि सावन मेला आयोजना गर्दै आएको हो। यो मेलाले स्थानीय महिलाहरुलाई आत्मनिर्भर बनाउने र सानो व्यवसायको प्रवर्द्धन गर्न सघाउने विश्वास आयोजकले गरेका छन्।






सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...