मंसिर २८, २०८२ , Lahan
587 Views
फिरोज शेख लहान २०८२ मङ्सिर २८ -
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित ‘प्याब्सन इन्टरस्कूल क्रिकेट लिग–२०२५’ प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न दुई खेलमा एपोलो र हिमालयन स्कुल विजय भएका छन्। पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै एपोलो ओम सेकेण्डरी स्कुलले शारदा नमुना एकेडमी सामु निर्धारित ओभरमा ६ विकेट गुमाई १३६ रनको चुनौती प्रस्तुत गरेको थियो। १३७ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका शारदाका ब्याट्सम्यानहरु १६ ओभर ४ बलमा सबै विकेट गुमाई ८२ रनमा समेटिदा ५४ रनले पराजित भएका छन्। खेलको म्यान अफ दि म्याच एपोलोका अंकित गोस्वामी घोषित भएका छन्। अंकितले उत्कृष्ट खेलको प्रदर्शन गर्दै ५२ रन बनाउदै ३ विकेट पनि लिएका थिए।
त्यस्तै शनिबारनै सम्पन्न दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको गुरुकुल पाठशालाले २० ओभरमा ८ विकेट गुमाई ८८ बनाई हिमालयन विधा निकेतन सामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ८९ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका हिमालयनका खिलाडीहरु १३ ओभर १ बलमा ९ विकेट गुमाई लक्ष्य प्राप्त गर्दै १ विकेटको संघर्ष पूर्ण जित निकालन सफल भएका छन् । खेलको उत्कृष्ट खिलाडी हिमालयनका मोहम्मद अर्बाब घोषित भए। अर्बाबले ४ ओभरमा १३ रन खर्चेर गुरुकुलका ३ जना खिलाड़ीलाई आउट गर्न सफल भएका थिए। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रा.लि. तथा रेडियो सरगम रहेका छन।
दलित जनकल्याण युवा क्लब–लहानको आयोजनामा “द विकन” परियोजना अन्तर्गत संचालित...
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...