जेठ १८, २०८२ , Lahan
427 Views
फिरोज शेख लहान २०८२ जेठ १८ -
लहान नगरपालिका–१० मा स्थापना गरिएको लहान मोनटेश्वारी स्कुलको समुद्घाटन कार्यक्रम शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।कार्यक्रममा लहान–८ का पूर्व अध्यक्ष विजय कुमार महतो प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता स्कुलका संस्थापक विष्णु प्रसाद गुप्ताले गर्नुभएको थियो।समारोहमा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्कुलले आधुनिक शिक्षण पद्धति र बालमैत्री वातावरणसहित शिक्षाको गुणस्तरमा ध्यान दिने प्रतिबद्धता जनाएको छ।उद्घाटन समारोहका क्रममा प्रमुख अतिथि महतोले स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको पहुँच बढाउन स्कुलको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यालय व्यवस्थापनलाई सफलताका लागि शुभकामना दिनुभयो।
संस्थापक गुप्ताले विद्यालय स्थापनाको उद्देश्य र भावी योजनाबारे जानकारी गराउँदै शिक्षा नै परिवर्तनको माध्यम भएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए, जसले उपस्थित दर्शकहरूको मन जित्यो।समारोह अन्त्यमा स्कुल व्यवस्थापन समितिले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै भविष्यमा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।कार्यक्रमको संचालन स्कुलका प्रिन्सिपल मन्जु गुप्ताले गर्नु भएको थियो।
सिरहाको लहान नगरपालिका–८ मा अवस्थित ‘स्कुल अफ स्कलर्स’ (एसओएस) ले...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको साझेदारीमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ...
सप्तऋषि अस्पताल प्रालि लहान ३ ,मेडिकल इन्स्टिच्युट लहान तथा वाटिका...
द ग्लोबल कलेज लहान र एभरेष्ट अस्पताल नयाँ बानेश्वर, काठमाडौं...
सिरहाको मिर्चैयामा उज्यालो फाउण्डेशन र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा सञ्चालित...
प्याब्सन सिरहाको आयोजना र लहान क्रिकेट क्लवको सहयोगमा लहानमा आयोजित...