शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
यामाहाको सेफ राइडिङ साइन्स लहानमा

8 Views

भाद्र २४, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ भाद्र २४ -
सिरहाको लहानमा पहिलो पटक यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम सम्पन्न भएको छ। युवा पुस्तालाई लक्षित गरी लहानमा अवस्थित सफ्टेक कलेजमा मंगलबार यस क्षेत्रका आधिकारिक विक्रेता एसएस अटो सेन्टर लहानको आयोजनामा जनचेतना मुलक 'यामाहा सेफ राइडिंग साइन्स' अभियान आयोजना गरिएको हो। कार्यक्रममा २५६ जनाभन्दा बढी युवा-युवतीहरूको सहभागिता रहेको थियो । मोटरसाइकल तथा स्कुटर चालकहरूमा ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउन आयोजित उक्त कार्यक्रममा यामाहा ब्रान्डको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज बाट आउनु भएका यामाहा सेफ्टी राइडिङ साइन्समा तालिम प्राप्त इन्स्ट्रक्टर अनुप श्रेष्ठ र एरिया सेल्स म्यानेजर दिपक विश्वकर्माले विद्यार्थीहरूलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले तालिम प्रदान गरेका थिए। यस क्षेत्रका आधिकारिक विक्रेता एसएस अटो सेन्टर लहानका संचालक संजिव कुमार साहले यामाहाको सेफ राइडिङ साइन्स कार्यक्रम प्रदेश २ मै पहिलो पटक सिरहाको लहानमा आयोजना गरिएको जानकारी दिदै आगामी दिनहरुमा पनि यामाहाले विभिन्न चेतना मुलक कार्यक्रमको आयोजना गर्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.