शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धर्म गुरु " शेरे नेपालको" अन्तिम संस्कारमा मानव सागर

8 Views

मंसिर १२, २०७६ | फिरोज शेख

फिरोज शेख लहान २०७६ मंसिर १२ - 
मुस्लिम समुदायको धर्म गुरु मौलना मोफ्ती मोहम्मद जैश उर्फ शेरे नेपालको बुधबार साँझ इस्लामिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ। मौलना मोफ्ती मोहम्मद जैश उर्फ शेरे नेपालको अन्तिम संस्कार तथा श्रद्धांजलि कार्यक्रममा उनलाई आदर्श र धर्मगुरु मान्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत , जनकपुर उपमहानगरपालिकाका मेयर लाल किशोर शाह ,नेकपाकी सांसद जुली महासेठ ,प्रदेश २ का कानून मंत्री ज्ञानेंद्र यादव , प्रदेश २ का बिधायक बिकी यादव ,पुर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधी लगायत तराई - मधेश , पहाड, हिमाल का साथै भारत, पाकिस्तान , इजिप्ट, ईराकका बिभिन्न स्थानबाट आएका करिब ८० हजार मानव सागरले सहभागिता जनाएका थिए। 

शेरे नेपालको जन्म इस्वी १९४३ मार्च ५ मा प्रदेश २ को स्थायी राजधानी जनकपुरको लोहना बरकत नगर बस्तीमा भएको थियो । हुने विरुवाको चिल्लो पात भने जस्तै उहा सानै उमेर देखि इस्लाम र इस्लामिक क्रियाकलापमा निकै सक्रिय रहदै भारतको सबै भन्दा ठुलो मुस्लिम समुदायको विश्व विधालय जामिया असर्फिया बाट इस्लामिक शिक्षा हासिल गर्नु भएको थियो। उहाको अन्तिम संस्कार उहाकै जन्म जन्मभूमि लोहना सरिफमा गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.