शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गरिब तथा विपन्नको सहारा बन्दै म.स.जोडी

8 Views

बैशाख २४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ बैशाख २४ - 
लकडाउन ( बन्दाबन्दि ) को मारमा परेका लहान नगरपालिका अन्तर्गत रहेका विभिन्न वडामा वसोवास गर्ने असहाय ,विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारको म.स.जोडी सहारा बन्दै गइरहेको छ। लकडाउनको प्रत्यक्ष मारमा परेकाहरु लाई राहत उपलब्ध गराउदै एका एक चर्चामा आएका समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यको जोडीले बुधबार पनि लहान नगरपालिका-२४ झिटकी टोलका गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन। लम्बिँदै गरेको ‘लकडाउन’ का कारण समस्यामा परेका एकल महिला ,नागरिकता नभएका गरिब तथा विपन्न परिवारहरुका लागि बुधबार यी दुई युगल जोडीले एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा १० किलो चमाल,१ किलो आलू,१ किलो प्याज़ र १ किलो नून सहित २० घर धुरी लाई राहत उपलब्ध गराएको नेपाल महिला संघका केंद्रीय सदस्य तथा समाजसेवी कर्माचार्यले जानकारी गराएकी छिन। 

कोरोना संक्रमण रोकथाम गर्न लागू गरिएको ‘लकडाउन’ का कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारहरु लाई महेश चौधरी र संगिता कर्माचार्यको जोडी जस्ता मनकारीहरुले गर्दा लहान नगरका अधिकांश गरिब मजदुरहरुलाई आर्थिक संकट संग जुध्न बल मिलेको स्थानीय बुद्धिजीवीहरु बताउछन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.