शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिला-महिला बीच भएको झगडामा ब्ल्याकमेलिङ् , वडा अध्यक्षलाई फसाउने षड्यन्त्र
असाड २८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ असार २८ - 
सिराहाको लहान नगरपालिका १३ घर भएकी एक महिलाले सामान्य झगडामा घाइते भएको प्रपञ्च रच्दै उपचार र घर खर्च लिएर थप रकम माग गरेको खुलेको छ । पूर्व पश्चिम सडकको भोटिया टोलदेखि पश्चिम पर्ने राजदेवी टोलकी ३३ वर्षीया ममतादेवी यादवले आफूलाई कुटपिट गरेको भन्दै उपचार र घर खर्च स्वरुप ७७ हजार रुपैयाँ लिएर थप रकम माग गरेकी हुन् । सुखीपुर नगरपालिका ४ का वडाध्यक्ष समेत रहेका रामलोभित यादवले आफ्नी छोरी रेखा यादवसँको सामान्य झगडामा ममताले गम्भिर घाइते भएको प्रपञ्च रचेर ७७ हजार रुपैयाँ बुझेर थप १० लाख रुपैयाँ माग गरेको गुनासो गरेका छन् । पति वैदेशिक रोजगारमा रहेकी ममतासँग सामान्य गालीगलौज र घम्साघम्सी हुँदा निर्घात कुटपिट गरेको बहाना बनाएर पत्रकार सम्मेलन गरि झगडा भएको बेला म त्यहा उपस्थित न भए पनि मेरो राजनीतिक चरित्र हत्या गर्न म संगै मेरो परिवारका सदस्यहरु माथि कलोकल्पित उजुरी दिदै आफ्नो परिवारसँग ब्ल्याकमेलिङ् गरेको वडाधयक्ष यादवको गुनासो छ । ‘छोरी बुहारी संगको सामान्य झै झगडा हुँदा लडेर करङ्को हड्डी भाँच्चिएको वा अन्य ठाउमा कहिँ लडेर हड्डी भाचिएको ममताको धर्मले जानुन मैले जानकारी पाउने वित्तिकै सबै उपचार खर्च तिर्ने सहमति अनुसार तत्काल ७७ हजार तिरेको र बाँकी अरु केहि उपचार खर्च तिर्नु परे तिर्न तयार रहे पनि पैसा धुत्ने षड्यन्त्र गरिन्’ उनले भने ‘बिराटनगर पुर्याएर उपचारमा १२ हजार, आमा छोरीलाई सल किनिदिएँ, घर खर्च स्वरुप पाँच हजार रुपैयाँ पनि दिएँ, तर केशही वयक्तिको उक्साहटमा मलाई थुक चटाउने र थप १० लाख रुपैयाँ मागेर ब्ल्यामेलिङ् गरिरहेकी छन् ।’ लहान १३ राजदेवी टोलस्थित छोरीको घरमा शनिबार पत्रकार सम्मेलन गरी वडाध्यक्ष यादवले ममताले आफू र आफ्नो परिवारसँग ब्ल्याकमेल गरिरहेको ममताले डिमाण्ड गरेको १० लाखको अडियो रेकर्ड सुनाउदै गुनासो गरे । ‘गाउँघरको झै झगडा विवादमा छलफलमा बोलाएपछि जान्छु’ उनले भने ‘स्थानीय दुई महिलालाई सार्वजनिक रुपमा कुटपिट गर्नु पर्ने ममता पक्षको माग अनुसार छलफल नहुँदा म विरुद्ध अनेक प्रपञ्च गरिंदै छ ।’

गत ७ असारको बिहान रामलोभितकी बुहारी रीता यादव आफ्नो  खेतबारी छेउको खाली खेतमा भैसी चराउन जाँदा ममताले वडा अध्यक्षको नाम लिएर एकोहोरो गालीलौज गरेकी स्थानीय रागिनी सिंहले बताइन् । लकडाउन शुरु भएपछि मोटरसाइकल चलाउन बन्देज भएपनि तीन जना युवक मोटरसाइकलमा गइरहेका बेला प्रहरी देखेपछि रोकेर भाग्ने क्रममा स्थानीय रामपरीक्षण यादवको घर हुँदै गएपछि त्यसलाई ममताले लफंगा युवकलाई घरहुल्न पठाएको आरोप लगाएकी थिइन् । त्यसपछि भएको छलफलमा रागिनी र स्थानीय सुनितादेवी यादवले सार्वजनिक रुपमा कुटपिट गर्नुपर्ने ममता र उनका आसोपासेहरुको इच्छा विपरीत सामाजिक निर्णय भएपछि आफुहरु विरुद्ध अनेकौ लाल्छना सहित गलत आरोप लगाइएको वडाध्यक्ष यादवको गुनासो छ। त्यही रिसमा भैंसी चराउन गएकी बुहारीलाई एकोहोरो गालीगलौज गरेपछि छोरी रेखाले खेत जाने क्रममा किन गाली गरेको भन्दा उल्टै सांघातिक आक्रमण गरेपछि सामान्य हात हालाहाल भएको र ममता आफै जमिनमा लडेको  वडाध्यक्ष यादवको भनाई छ । ‘त्यसयता ममताले गरको नाटक सबैले देखे बुझेकै छन्’ उनले भने ‘उपचार र घर खर्च लिएर थप १० लाख रुपैयाँ माग गर्नु म विरुद्धधको षड्यन्त्र नभए के हो त ?    

यता ममताले सुखिपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादवले आफु लाई निर्घात रुपमा कुटपिट गरेको भन्दै दाबी गरिरहेकी छिन । ममताका अनुसार अध्यक्ष यादव लगायत उनका पारिवारिक सदस्यहरुले कुटपिट गर्दा नै करङ्को हड्डी भाचिएको दाबी गर्दै वडा अध्यक्ष सहित उनका परिवारका विरुद्ध ईलाका प्रहरी कार्यलय लहानमा ठाडो उहुरी दिएकी छिन। ममता देवी यादवका अनुसार स्थानीय ठाउँमा बसोबास गर्दैआएका अन्य धर्मजातको मानिससँग किन बोलेको भन्दै वडा अध्यक्ष यादवले पिटेको बताउछिन। कुटपिटबाट आफ्नो कम्मरको हड्डी भाँचेको र शरिरमा चोटपटक लागेर असक्त भएको बताउछिन । प्राप्त सुचना अनुसार ममताको विराट नर्सिङ्ग होम बाट उपचार भइरहेको छ । भने ममताले वडा अध्यक्ष विरुद्ध अदालतमा मुद्दा दर्ता गराइसकेको जानकारी प्राप्त भएको छ। घटनाको सुरुवातमा वडा अध्यक्ष नै दोसी रहेको ठहर गरिएपनि वडा अध्यक्ष यादवले सार्वजनिक गरेको ममताको आवाज सहितको १० लाखको डिमाण्ड अडियो क्लिपले धेरै कुरा प्रष्ट पारेका   छन्।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.