शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उधोग वाणिज्य संघ सिराहा ५० औ वर्षमा प्रवेश
साउन १४, २०७७ | फिरोज शेख

फिरोज शेख / रबिन्द्र श्रेष्ठ लहान २०७७ साउन १४ - 
आज जिल्ला उधोग वाणिज्य संघ सिराहा लहानले आफ्नो "स्वर्ण जयन्ती २०७७ " मनाएका छन्। उधोग वाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षता तथा नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा जिल्ला उधोग वाणिज्य संघ सिराहा लहानले ५०औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा केक काटेर "स्वर्ण जयन्ती" मनाएका छन्।कार्यक्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै मुरारकाले भन्नुभयो" बि. सं. २०२७ सालमा मेरो आफ्नै काका स्व. परमेश्वर मुरारकाको अध्यक्षतामा स्थापना भएको संघ आज ५०औं वर्षमा आईपुग्दा र प्रमुख अतिथिको रुपमा म सहभागी हुन पाउदा अविश्मर्निय संयोगको रुपमा लिएको छु ।

मेरो काका संस्थापक अध्यक्षको कार्यकालमा एउटा सानो कोठामा स्थापना भएको यस संघको मैले सयौं चिट्ठी पत्र लेख्ने कार्य गरि एउटा सचिवको कार्य गरेको अहिले पनि स्मरण रहेको बताउदै आसन्न नेपाल उधोग वाणिज्य महासंघको चुनावमा  अध्यक्षको उम्मेदवार किशोर श्रेष्ठकै प्यानललाई समर्थन रहने र यस संघका वर्तमान अध्यक्ष अशोक अमात्य लाई केन्द्रीय सदस्यको लागि पनि सहयोग र समर्थन गर्दछु भनि अग्रीम बधाई तथा शुभकामना दिदै यस सिराहा उधोग वाणिज्य संघबाट  हरेक चोटी महाधिवेशनबाट महासंघमा  एक जना प्रतिनिधित्व होस भन्ने मेरो चाहाना रहेको कुरा समेत जिकिर गर्नुभयो। कार्यक्रममा संघका सल्लाहकार राकेश झा, पूर्व अध्यक्षहरु पवन मुन्धडा, अशोक अग्रवाल, सुनिल महतो, पूर्व उपाध्यक्ष बिनोद साहलगायत पदाधिकारीहरु सदस्यहरु, सिराहा जिल्लाका  बिभिन्न उधोग वाणिज्य संघका अध्यक्ष तथा  प्रतिनिधिहरु, बिभिन्न बजार समितिका अध्यक्षहरु, ब्यापारीबर्ग एबम संचारकर्मीको उपस्थिति रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.