शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मल 'ह्यापी सेल अफर" अन्तर्गतको लक्की ड्र विजेता सार्वजनिक
आश्वीन २५, २०७७ | फिरोज शेख

प्रदेश २ को पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट गोलबजारले नयाँ वर्ष २०७७ साल तथा ईद पर्वको शुभ अवसरमा सम्पूर्ण ग्राहकहरुमा शुभकामना व्यक्त गर्दै 'ह्यापी सेल अफर" बम्पर धमाका अन्तर्गत एबी मलमा किनमेल गर्ने ग्राहक वर्गका लागि राखिएको चार वटा बम्पर पुरस्कार अन्तर्गत पहिलो पुरस्कार फ्रिज , दोस्रो पुरस्कार ३२ इन्चको एलइडि टिभी ,तेस्रो पुरस्कार मिक्चर ग्रान्डर र चौथो पुरस्कार टेवल पंखा चार जना भाग्यमानी ग्राहकले हात पारेका छन। 

एब मल सिरहा सुपर मार्केटका सीईओ पिन्टु कुमार राउतको अध्यक्षता तथा प्रदेश प्रदेश २ का प्रदेश सभा सदस्य जगत यादवको प्रमुख आतिथ्यता, नेकपाका नेता काजिलाल तमांगको विशिष्ट आतिथ्यता ईलाका प्रहरी कार्यलय गोलबजारका इनेस्पेक्टर सन्तोष राई,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको उपस्तिथीमा कोरोना महामारीको अवस्थालाई मध्य नजर गर्दै समान्य रुपले बिना कुनै भिडभाड फेसबुक लाइभ मार्फत पाँच वर्षीय सुप्रिया साहको हात बाट पालै-पालो लक्की ड्र कुपन निकाल्ने क्रममा चौथो पुरस्कार गोलबजार मुसहर्निया निवासी अन्जु गोले , तेस्रो पुरस्कार सिन्धुली निवासी लिओङ्ग काजि,दोस्रो पुरस्कार गोलबजार -६ निवासी नितिशा घिसिङ्ग र पहिलो पुरस्कार काठमाडौं निवासी तारा कुमारी फुयालले हात पारेकी छिन।

 कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरुले एब मल नाफा मुखी मात्र नभई सामाजिक उतर दायित्व निर्वाह गर्ने क्रममा बर्षे भरि कुनै नकुनै सराहनीय कार्यहरु गर्दै आइरहेको र उपभोक्ताहरुको लागि पनि विभिन्न उपहार योजनाहरु ल्याउनु सराहनीय कार्य भएको बताउदै आगामी दिनहरुमा पनि यस्तै कार्यहरु गर्दै जाने विश्वास व्यक्त गर्दै आउदै गरेको विजया दशमी ,शुभ दिपावली तथा छठ पर्वको शुभकामना समेत एक -आपसमा साटासाट गरेका थिए। कार्यक्रमको अध्यक्षता गरेका सीईओ पिन्टु राउतले मलमा किनमेल गर्न आउनुहुने सम्पूर्ण उपभोक्ता वर्गमा आभार प्रकट गर्दै उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुमा धन्यवाद ज्ञापन गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.