शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
क्वालिटी टेलर्स एण्ड ट्रेडर्सको प्रथम पुरस्कार नरेश लाई
मंसिर १३, २०७७ | फिरोज शेख

विजय कुमार महतो २०७७ मंसिर १३ - 
सिरहाको लहानमा अवस्थित क्वालिटी टेलर्स एण्ड ट्रेडर्सले आयोजना गरेको बम्पर धमाका उपहार योजना अन्तर्गत प्रथम पुरस्कार लहान ८ निवासी नरेश जंग साहले हात पारेका छन्। नेपालिहरुको महान चाड विजया दशमी ,शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरि ग्राहक वर्गहरुका लागि प्रतेक एक हजारको कपडा खरिद वा सिलाईमा लिएर आएको उपहार योजना अन्तर्गत शनिबार सम्पन्न लक्की ड्र कार्यक्रममा साहले प्रथम पुरस्कार १९ इन्चको एलइडि टिभी हात पार्न सफल भएका हुन्। क्वालिटी टेलर्स एण्ड ट्रेडर्सका संचालक मोहम्मद अब्बास अन्सारीको अध्यक्षता ,प्रदेश २ सभा सदस्य लगनलाल चौधरीको प्रमुख आतिथ्य र ईलाका प्रहरी कार्यलय लहानका डिएसपी शरत कुमार थापा क्षेत्री ,नेपाल कपडा तथा सिलाई व्यवसाई महासंघ प्रदेश २ का संयोजक मोहम्मद जाकिर अलि राईन र कपडा तथा सिलाई व्यवसाई संघका सिरहा जिल्ला अध्यक्ष महेबुल अन्सारीको विशिष्ट आतिथ्यता संगै विभिन्न संघ संस्था बाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यतामा सम्पन्न उक्त लक्की ड्र कार्यक्रमको चौथो पुरस्कार "स्टेन्ड पंखा" लहानका बिनोद कुमार चौधरी  ,तेस्रो पुरस्कार "स्मार्ट फोन" सुरुङ्गा नगरपालिका -४ कदमाहा सप्तरीका अशोक चौधरी र दोस्रो पुरस्कार "हिरो साइकल " लहानका दिपेन्द्र कुमार महतोले हात पार्न सफल भएका छन्। कार्यक्रमा उपस्थित प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुले आ-आफ्नो मन्तव्य राख्दै क्वालिटी टेलर्स एण्ड ट्रेडर्सले चाड पर्व लाई लक्षित गरि राखेका बम्पर धमाका उपहार योजना कार्यक्रम अति नै सराहनीय रहेको र यसले गर्दा ग्राहकहरु पनि लाभान्वित हुने र व्यापार पनि बढ्ने हुँदा यस्ता उपहार योजनाका कार्यक्रमहरु लहानका विभिन्न प्रतिष्ठानहरुले पनि राख्नु पर्ने कुरामा जोड दिएका थिए। भने कार्यक्रमको संचालन संचारकर्मी फिरोज शेखले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.